शोभाकान्त पौडेल आएपछि पुनः पठाइयो नेप्सेकाे पुनर्संरचनाको प्रस्ताव

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शोभाकान्त पौडेल अध्यक्ष भएर आएपछि पुनः नेप्सेको पुनर्संरचनाको प्रस्ताव पठाइएको छ। सरकारी शेयर स्वामित्व घटाउन भन्दै अर्थ मन्त्रालयलाई सो प्रस्ताव पठाइएको हो।
Advertisement 1
नेप्सेले यस अघि पनि पटक पटक त्यस्ता प्रस्ताव पठाइसकेको छ। तर सरकार र अर्थ मन्त्रालयले त्यसलाई प्राथमिकता दिने गरेका छैनन्। प्राथमिकता नदिए पनि प्रस्ताव पठाउन भने अझै छाडिएको छैन। नयाँ प्रमुख कार्यकारी अधिकृत आउँदा होस् या नयाँ अध्यक्ष आउँदा यस्तो प्रस्ताव नेप्सेले पठाउँदै आएको छ। यस अघि नेप्सेले गत वैशाखमा त्यस्तो प्रस्ताव पठाएको थियो।
अहिले शोभाकान्त पौडेल अध्यक्ष भएर आएका छन्। उनले पनि आउने बित्तिकै यस अघि पठाइएकै प्रस्तावमा केही फेर बदल गर्दै पुनः नयाँ प्रस्ताव पठाउने निर्णय गराए। गत मंसिर २८ गते बसेको सञ्चालक समिति बैठकले नयाँ प्रस्ताव पठाउने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम नेप्सेले नयाँ प्रस्ताव पठाएको हो।
Advertisement 2
हालै मात्र नेप्सेमा नयाँ अध्यक्षको रुपमा शोभाखर पौडेल आएसँगै पुनरसंरचनाको काम अगाडि बढेको हो। अबको पुनरसंरचनामा नेप्सेको प्रस्तावित पूँजीगत संरचना यस्तो हुने छ ।जसअन्तरगत नयाँ प्रस्तावमा सरकारको १९.५५ प्रतिशत, नेपाल राष्ट्र बैंकको ३.१७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.७४ प्रतिशत, कर्मचारी सञ्चय कोषको ३.३३ प्रतिशत, लक्ष्मीसनराइज बैंकको १.६७ प्रतिशत, प्रभु बैंकको १.६७ प्रतिशत र अन्य संस्थापकहरूको ०.२ प्रतिशत सेयर हुने भनिएको छ।
यसैगरी, सरकारको सेयर विनिवेश गर्दै गर्दा कस–कसलाई सेयर दिन सकिन्छ भनेर समेत प्रस्तावमा लेखिएको छ।जसमा नेपाल पुनर्बीमा कम्पनी, जीवन तथा निर्जीवन कम्पनीलाई १३.३३ प्रतिशत, वाणिज्य बैंक तथा राष्ट्रिय स्तरको विकास बैंकहरुलाई १३.३३ प्रतिशत, सरकारी स्वामित्वका संस्थानहरूलाई १० प्रतिशत दिन सकिने प्रस्तावमा उल्लेख छ ।
सरकारले उक्त प्रस्तावलाई पास गरेपछि मात्रै नेप्सेको पुनरसंरचनाको काम अगाडि बढ्ने छ । हालको व्यवस्थामा नेपाल सरकारको ५८.६६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ११.२४ प्रतिशत, नेपाल राष्ट्र बैंकको ९.५ प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत,लक्ष्मीसनराइज बैंकको ५ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत र अन्यको ०.६० प्रतिशत सेयर स्वामित्व छ ।
Advertisement 3
हाल नेप्सेको चुक्तापुँजी १ अर्ब रुपैयाँ रहेको छ। अब पुनर्संरचना गर्दै नेप्सेको चुक्तापुँजी ३ अर्ब रुपैयाँ पुर्याउनुपर्ने प्रस्ताव गरिएको प्रवक्ता पराजुलीले जानकारी दिए। ‘नेप्सेको चुक्तापुँजी ३ अर्ब रुपैयाँ पुर्याउँदा हालका शेयरधनीहरुको शेयर स्वामित्व अनुपात घट्छ’, उनले भने।
चुक्तापुँजी ३ अर्ब रुपैयाँको ३० प्रतिशत शेयर प्रिमियम मूल्यमा सर्वसाधारणलाई जारी गर्ने प्रस्ताव पठाइएको पनि पराजुलीले जानकारी दिए। ‘आइपीओ जारी गरेपछि नेप्सेमा सर्वसाधारणको शेयर स्वामित्व सबैभन्दा बढी हुनेछ’, उनले भने। नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लागि ३ अर्ब पुँजी तोकेको छ । नेप्सेलाई भने ३ अर्ब पुंजी पुर्याउन अनिवार्य छैन ।