११ बजे मन्त्रिपरिषद्को बैठक,सचिव सरुवाको सम्भावना
प्रधानमन्त्री प्ष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे मन्त्रिपरिषद बैठक डाक्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा क्याविनेट बैठक बस्न लागेको हो ।
Advertisement 1
आजको बैठकले केही सचिवहरुको जिम्मेवारी हेरफेर गर्ने सम्भवना रहेको छ । अर्थ सचिव कृष्णहरि पुष्करलाई हटाएर त्यहाँ नयाँ सचिव भित्राइने सम्भवना प्रवल रहेको बताइन्छ ।
सरकारले विश्वासको मत लिएपछि सचिवहरुको जिम्मेवारी हेरफेर गर्ने भनिए पनि आजै अर्थसहितका केही मन्त्रालयका सचिव हेरफेरमा पर्न सम्भवना प्रवल छ । सचिवमा बढुवा भएपछि तत्कालीन प्रधानमन्त्री पत्नी आरजु राणाको आर्शिवादबाट प्रदेशमा खटिन नपरेका र एकै पटक शक्तिशाली मन्त्रालय पाएका कृष्णहरि पुष्करलाई हटाएर त्यहाँ मधु मरासिनीलाई ल्याउने सम्भवना प्रवल रहेको बताइन्छ ।
अर्थ सचिवका लागि बैकुण्ठ अर्यालले पनि जोड गरिरहेका छन् । बैकुण्ठ अबको पाँच महिना पछि नै घर जाँदैछन्,उमेर हद लागेर ।
अर्थ जानका लागि रामेश्वर दंगालदेखि एकनारायण अर्यालहरुको जोड छ ।
अर्यालले पाए अर्थ नभए गृहमा जाने प्रयास गरिरहेका छन् ।
डा वैकुण्ठ अर्याल,तोयम राय र मधु मरासिनीमध्येबाट कुनै एक सचिव अर्थमा भित्रिन सक्ने आँकलन गरिएको छ ।
कृष्णहरि पुष्करले चाहिँ अर्थमै टिकिरहने, नभए गृहका लागि दौड तिव्र पारेका छन् । उनले बैदेशिक रोजगार विभागको महानिर्देशक हुँदै आफूले रवि लामिछानेलाई चिनेको भन्दै उनी गृहमा सरुवा हुन खोजिरहेका छन् ।
गृह ताक्नेमा संघीय मामिला तथा सामान्य सचिव अर्जुन पोखरेल,राष्ट्रपति कार्यालयका सचिव यादव कोइरालादेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा रहेका रामप्रसाद थपलिया समेत रहेका छन् ।
तर,अबको पाँच सात महिनामै यादव कोइराला,रामप्रसाद थपलियादेखि डा बैकुण्ठ अर्यालसम्म उमेर हद लागेर घर फर्कन पर्ने हुँदा उनीहरुले रोजाइको मन्त्रालय पाउँछन् वा पाउँदैनन् हेर्न बाँकी छ ।