३७ शाखा अधिकृतको सरुवा, स्थानीय तहदेखि आयोगसम्म जिम्मेवारी हेरफेर

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३७ जना शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।
Advertisement 1
मन्त्रालयले २०८३ असोज २ गते गरेको निर्णयअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारीलाई विभिन्न मन्त्रालय, विभाग, आयोग तथा स्थानीय तहमा सरुवा तथा कामकाजमा खटाइएको हो।
निर्णयअनुसार संघीय सरकारका विभिन्न निकायमा कार्यरत शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हेरफेर गरिएको छ। सरुवामा मन्त्रालय तथा विभागसँगै विभिन्न आयोग र स्थानीय तहसमेत समेटिएका छन्।
प्रकाशित :२०८३ आश्विन ३, शनिबार ०९:१७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








