प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा आयोग, गण्डकीको वार्षिक प्रतिवेदन पेस गरिएको छ।

Advertisement 1

आयोगले गत आव २०८२÷०८३ मा सम्पादन गरेका कामकारबाही र प्रगति समेटिएको छैठौँ वार्षिक प्रतिवेदन आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले आज प्रदेश प्रमुखसमक्ष पेश गरेका हन्।

प्रतिवेदन ग्रहणपछि प्रदेश प्रमुख भट्टले प्रदेश कानून बमोजिम प्रदेश र स्थानीय तहका कर्मचारीको भर्ना, छनौट र सिफारिसको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकामा आयोगलाई धन्यवाद ज्ञापन गरेका थिए।

Advertisement 2

‘प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ५०’ बमोजिम निर्दिष्ट समयसीमा भित्र नै आयोगले प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन तयार गरी पेश गरेको हो।

प्रकाशित :२०८३ भाद्र २५, बिहीबार १४:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry