१४ सहसचिवको सरुवा: ४ जना फाजिलमा, मन्त्रालयदेखि प्रदेशसम्म जिम्मेवारी हेरफेर

काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ भदौ २५ गतेको निर्णयअनुसार राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाइएको विवरण सार्वजनिक गरिएको छ।

Advertisement 1

यस निर्णयअन्तर्गत संघीय मन्त्रालय, प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको छ। सरकारले १४ जना सहसचिवको सरुवा तथा पदस्थापन गर्दै संघीय मन्त्रालयदेखि प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म कर्मचारी व्यवस्थापनमा व्यापक हेरफेर गरेको छ। सरुवासँगै ४ जना सहसचिवलाई भने फाजिलमा राखिएको छ।

सरुवा सूचीअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत गोविन्द अधिकारीलाई भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको छ। त्यस्तै गृह मन्त्रालयमा कार्यरत पुष्प शाही, भुपेन्द्र थापा र चिरञ्जीवी पौडेललाई पनि सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पठाइएको छ।

Advertisement 2

यसपटकको सरुवामा मन्त्रालय परिवर्तनसँगै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सहसचिवहरूको पदस्थापनलाई पनि प्राथमिकता दिइएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयमा कार्यरत चन्द्र प्रसाद रिमाललाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ। पूर्वाधार मन्त्रालयमा कार्यरत बलराम रिज्याललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएको छ।

Advertisement 3

त्यस्तै पदम देवकोटालाई पनि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जिम्मेवारी दिइएको छ। गृह मन्त्रालयमा कार्यरत बद्रीनाथ गैह्रेलाई पूर्वाधार मन्त्रालयमा सरुवा गरिएको छ। सामान्य प्रशासन मन्त्रालयबाट एकदेव अधिकारीलाई गृह मन्त्रालयमा पठाइएको छ।

उद्योग मन्त्रालयमा कार्यरत मोतीराम सापकोटालाई पनि गृह मन्त्रालयमा ल्याइएको छ। यससँगै गृह मन्त्रालयमा कार्यरत केही सहसचिवलाई भने सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पठाइएको छ।

गृहबाट पुष्प शाही, भुपेन्द्र थापा र चिरञ्जीवी पौडेललाई अतिरिक्त समूहमा राखिएपछि गृह मन्त्रालयको प्रशासनिक संरचनामा समेत फेरबदल भएको छ।

कोशी प्रदेशमा कार्यरत नारायण रिसाललाई संघीय मन्त्रालयमा ल्याइएको छ। त्यस्तै मधेश प्रदेशमा कार्यरत जीवनाथ पौडेललाई पनि संघीय मन्त्रालयमा ल्याइएको छ। वन सेवातर्फका राजीव झालाई भने प्रदेशतर्फ खटाइएको छ। यसले संघीय मन्त्रालयमा प्रदेशमा कार्यरत अनुभव भएका सहसचिवलाई ल्याउने र संघमा रहेका केही सहसचिवलाई प्रदेशमा पठाउने गरी कर्मचारी व्यवस्थापन गरिएको देखिन्छ। प्राविधिकतर्फका सहसचिव विष्णु भण्डारीलाई ऊर्जा तथा जलस्रोत मन्त्रालयमा पठाइएको छ।

प्रकाशित :२०८३ भाद्र ३१, बुधबार १०:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry