मकाउका खेलाडीलाई हराउँदै खगेन्द्र एसियाली खेलकुदको अन्तिम १६ मा प्रवेश

काठमाडौं। जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङका खगेन्द्र रोकामगर विजयी भएका छन्।

Advertisement 1

जापानको निशिओ जिम्नेसियममा आज भएको प्रारम्भिक चरणको खेलमा खगेन्द्रले पुरुष ६० केजी तौल समूहमा मकाउका खेलाडी एल्भिन जोन रेयेस सालिनासलाई पाखा लागाउँदै अन्तिम १६ चरणमा प्रवेश गरेका हुन्। उनले मकाउका एल्भिन जोन रेयेस सालिनासलाई ५–० को पाखा लागाएका हुन्।

यस एसियाली खेलकुदअन्तर्गत बक्सिङमा नेपालको लागि यो पहिलो जित हो। हिजो भएको पुरुष बक्सिङको पुरुष ५५ केजी तौल समूहमा नेपालका चन्द्रबहादुर थापा पहिलो चरणमै आउट भएका थिए। उनी भारतीय खेलाडी जादुमानी सिंहसँग पराजित भएका थिए।

Advertisement 2

त्यसै महिला बक्सिङमा रमिशा श्रेष्ठ महिला ५१ केजी तौल समूहमा भियतनामकी खेलाडीसँग पराजित भएकी थिइन्।

प्रकाशित :२०८३ आश्विन ७, बुधबार १५:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम