ट्रेड युनियनको नाम,पैसा असुल्ने काम,कर्मचारी युनियनको बदनाम

संस्था तन्नम हुने,व्यक्ति मोटाउने रोगले काँग्रेस निकट कर्मचारी संगठन ग्रसित भएको छ । संगठनका आडमा नेपाल निजामती कर्मचारी युनियनका शीर्ष पदाधिकारीहरुले कर्मचारी सरुवा,बढुवाको खेती चलाउँदै आएको र यही नाममा मोटो रकम उठाएर व्यक्तिगत खातामा जम्मा गर्न लगाउने परिपाटी विकास हुँदै गएको भन्दै नेपाल निजामती कर्मचारी युनियनभित्र विरोधको स्वर उँचो भएको छ ।
युनियनका पदाधिकारीहरु उत्तम कटवाल,यज्ञ ओली,भुपेन्द्र अधिकारीहरुले यस्तो धन्दा नै चलाएको भन्दै युनियनका पदाधिकारीहरुले विरोध गर्न थालेको छ ।

Advertisement 1

निर्वाचनको नाममा मात्र आफ्नो पकेटका नेता जिताउनका लागि भन्दै उनीहरुले विभिन्न सरकारी कार्यालयबाट लाखौं रकम संकलन गरिएको तर युनियनको खातामा एक पैसा जम्मा नभएको  युनियनका अधिकारीहरुले बताउँदै हिड्न थालेका छन् ।

युनियनका अधिकारीहरुले यसरी रकम संकलन गरेको बिषय केही अघि स्याङ्जाको सिरुवारीमा सम्पन्न भएको नेपाल निजामती कर्मचारी युनियनको केन्द्रिय कमिटिको बैठकमा समेत जोडतोडका साथ उठेको थियो ।

Advertisement 2

संगठनका कोषाध्यक्ष प्रयास घिमिरेले सो भेलामा नेपाल निजामती कर्मचारी युनियनले चुनाव लक्षित गरेर गरेर लाखौं रकम उठाएको तर संगठनको खातामा एक रुपैंया कहिँ कतैबाट नआएको बताएका थिए । संगठनको नाम बेचेर यदी कसैले पैसा उठाएको छ भने उ माथि कारवाही हुने समेत उनको उद्घोष गरेका थिए ।

निजामती कर्मचारी युनियनका पदाधिकारीहरुका अनुसार,उपाध्यक्ष उत्तम कटवाल,यज्ञ ओली,भुपेन्द्र अधिकारीहरु विभिन्न कार्यालय एजेण्ट अगाडि सारेर रकम असुली गर्ने गरेको आरोप निजामती कर्मचारी युनियनको एक पक्षीय नेताहरुले लगाउँदै हिड्ने गरेका छन् ।

Advertisement 3

उत्तमका लागि गृह,सामान्य र महालेखाको सरुवा हेर्ने जिम्मेवारी पाएका छन् । यस्तै यज्ञको काँधमा सामान्य प्रशासन र बाग्मती प्रदेशका कर्मचारीको सरुवाको र अर्का युवा सचिव  भुपेन्द्रले श्रम मन्त्रालयमातहतका कर्मचारी सरुवाको कामको जिम्मेवारी लिँदै आएका छन् । उनीहरुले विभिन्न एजेण्ट अगाडि सारेर पैसा असुली धन्दा चलाइरहेका आरोप युनियनकै पदाधिकारीहरुबीच चर्चाको बिषय बन्न थालेको छ,पछिल्लो दिनमा ।

निरिह राज्य,पावरफुल ट्रेड युनियन

युनियनको उपमहासचिव इन्दु शर्मा अहिले नासु तहमा रसुवा भन्सारमा कार्यरतछन । उनी सेटिङ मिलाएर भैरहवा भन्सारबाट रसुवा भन्सार पुगेका हुन । नेपालगञ्ज,वीरगञ्ज,भैरहवा,टिमुरे,विराटनगर लगायतका भन्सार कार्यालयबाट निर्वाचनको मुखमा ३० लाख उठाइएको तर खातामा दाखिला नभएको भेटिएपछि युनियनसम्बद्ध कर्मचारीहरु आगो भएका छन् ।

विशेष गरी भन्सार,समान्य गृह,अर्थ लगायतका मातहतका कार्यमा कार्यरत कर्मचारीबाट झण्डै लाखौं रकम सरुवा र निर्वाचन खर्चको नाममा उठाएर आफ्नै खाता भरिएको भन्दै अहिले निजामती कर्मचारी वृत्त भित्र विरोधको स्वर सुनिन थालेको छ ।

उत्तम कटवालले रसुवा भन्सारको नासु इन्दु शर्मालाई अघि सारेर पैसा उठाउने धन्दा चलाइरहेका छन् भने यज्ञ ओलीले बाग्मती प्रदेशका अध्यक्ष श्रीराम लम्साललाई माइनस गरेर सरुवा गर्दै आइरहेको भन्दै आलोचना भइरहेको छ ।
यस्तै युवा सचिव भुपेन्द्र अधिकारीले निर्वाचन आचारसंहिता लाग्नु अघि एक दर्जन कर्मचारीलाई ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय ताहाचलमा लैजादा लाखौं रकम उठाइएको चर्चाले ठाउँ पाएको थियो ।

यसरी उत्तम,यज्ञ,भुपेन्द्रहरुलाई कलेक्सन सेन्टर बनाएर लाखौं रकम उठाइएको भए पनि संस्थाको खातामा नदेखिएको भन्दै नेपाल निजामती कर्मचारी युनियनहरुका पदाधिकारीहरुले विरोध जनाउन थालेका छन् ।
सरुवाको खेती गर्ने कर्मचारीमध्ये उत्तम टेकुस्थित राष्ट्रिय खोप उत्पादन केन्द्रका स्टोर शाखामा कार्यरत छन् । भुपेन्द्र वैदेशिक रोजगार कार्यालयमा कार्यरत छन् । यज्ञ शहरी अन्तरगत कार्यरत रहेका छन् ।
उसो त बहालवालामात्र होइन निवृत्त भएका कर्मचारी युनियनकर्मीहरु समेत उठाउ धन्दामा व्यस्त छन् । गर्नुपर्ने काम नगर्ने, नगर्नु पर्ने काम गरेर पछिल्लो समय कर्मचारी संगठनहरु बदनामी कमाइरहेका छन् ।

सार्वजनिक जग्गामा कर्मचारी संगठनको रजाँई

प्रकाशित :२०७९ पुष १३, बुधबार १०:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry