क्यान्सर,मृगौला र मेरुदण्डका पक्षघात भएका विरामीले कसरी पाउँछन् मासिक उपचार खर्च ? (कार्यविधिसहित)

सरकारले क्यान्सर एवम् मृगौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने भएको छ । गत चैत्र १३ को मन्त्रिस्तरीय निर्णय गर्दै मृगौला प्रत्यारोपण गरेका,डायलाइसिस गरिरहेका,क्यान्सर रोगी र मेरुदण्डका पक्षघातका विरामीलाई औषधि उपचार गराउने कार्यविधि स्वीकृत गरेको हुँदा सोही अनुसार त्यस्ता प्रकृतिका विरामीहरुलाई उपचार खर्च उपलव्ध गराउने कार्र्यविधि तयार पारेर देशैभरका ७५३ स्थानीयतहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ ।
जसअनुसार यस्ता प्रकृतिका विरामीहरुले चिकित्सको सिफारिस चाहिने बताइएको छ ।
यस्तो उपचार खर्च मृगौला प्रत्यारोपण गराएका,डायलासिस गराइरहेका,क्यान्सर रोग पहिचान भइ उपचार गराइरहेका वा तीन तीन महिनामा चिकित्सकको निगरानीमा रहेका विरामीले यस्तो सुविधा पाउनेछन । यस्तै मेरुदण्डको पक्षघातको हकमा अपाङ्तासम्बन्धी प्राप्त गरेको रातो वा नीलो कार्डको प्रतिलिपीसहित सम्बन्धित स्थानीय तहमा तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ ।
चिकित्सकले यस्ता प्रकृतिका रोगी हुन भनेर प्रमाणीत गरेको कागजातका साथ औषधि उपचारका लागि सम्बन्धित स्थानीय तहमा आवेदन पेश गरेपछि भुक्तानी प्रक्रिया अगाडि बढ्नेछ ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/04/karabidi.pdf”]

प्रकाशित :२०७९ बैशाख २, शुक्रबार ०९:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम