निर्वाचनमा खटिएका दुई कर्मचारीको ज्यान गयो

निर्वाचनमा खटिएका दुई कर्मचारीको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक जना मतदान अधिकृत छन् भने एक शिक्षिका ।
Advertisement 1
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउमा मृत भेटिएको हो भने धनकुटाको साँगुरीगढी गाउँपालिका–३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी शिक्षिका पवित्रा याखा निर्वाचनको जिम्मेवारी बहन गरिरहँदा ज्यान गएको हो ।
मतदान केन्द्रमा जिम्मेवारी निर्वाह गरिरहेको बेलामा एक्कासी बिरामी परेपछि उपचारका लागि लैजाँने क्रममा बाटैमा निधन भएको प्रहरीले जनाइएको छ ।
प्रकाशित :२०७९ मंसिर ३, शनिबार ०८:०१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%