४२ उपसचिवको सरुवा, विभिन्न मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज २ गते गरेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग, स्थानीय तह तथा जिल्ला समन्वय समितिमा कार्यरत ४२ जना उपसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।
Advertisement 1
निर्णयसँगै संघीय सरकारका विभिन्न निकायमा कार्यरत उपसचिवहरूलाई नयाँ जिम्मेवारीसहित विभिन्न कार्यालयमा सरुवा तथा कामकाजमा खटाइएको छ।
सरुवामा मन्त्रालय तथा विभागका साथै स्थानीय तह र जिल्ला समन्वय समितिसमेत समेटिएका छन्। मन्त्रालयले प्रशासनिक आवश्यकता, कर्मचारी व्यवस्थापन तथा कार्यसम्पादनलाई ध्यानमा राखेर जिम्मेवारी हेरफेर गरेको जनाएको छ।
प्रकाशित :२०८३ आश्विन ३, शनिबार ०९:१०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








