वीरगञ्ज कारागारबाट जबर्जस्ती करणी मुद्दाका कैदी फरार, सीमामा सुरक्षा कडा

वीरगञ्ज। पर्साको वीरगञ्ज कारागारबाट जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएका छन्। कारागारको सुरक्षा घेरा तोडेर पोखरिया नगरपालिका–सतबरियाका सुनील साह फरार भएका हुन्।
Advertisement 1
कारागार परिसरमा सरसफाइ गर्ने क्रममा साह फरार भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनी फरार भएको सूचना पाएलगत्तै प्रहरीले खोजी तथा नियन्त्रणका लागि सुरक्षा टोली परिचालन गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बलको टोलीले फरार कैदीको खोजी तीव्र बनाएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।
Advertisement 2
वीरगञ्ज भारतसँगको खुला सीमा क्षेत्रमा पर्ने भएकाले साह भारततर्फ भाग्न सक्ने आशङ्कासमेत गरिएको छ। त्यसलाई ध्यानमा राख्दै सीमावर्ती क्षेत्र र मुख्य नाकाहरूमा निगरानी बढाउनुका साथै सुरक्षा जाँच कडा पारिएको प्रहरीले जनाएको छ।
कारागारभित्र सरसफाइका क्रममा कैदी फरार हुनुले कारागारको आन्तरिक सुरक्षा व्यवस्थापन र कैदीको निगरानी प्रणालीमाथि पनि प्रश्न उठाएको छ।








