विशेष अदालतबाट अख्तियार असन्तुष्ट, सर्वोच्चमा १२४ मुद्दा पुनरावेदन

विशेष अदालतले गरेका फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले चालु आर्थिक वर्षमा विशेषबाट फैसला भएका एक सय २२ वटा भ्रष्टाचार मुद्दाको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको हो ।
Advertisement 1
अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले विशेष अदालतले फैसला गरेका एक सय २२ वटा मुद्दामा चित्त नबुझेका कारण सर्वोच्चमा पुनरावेदनका लागि निवेदन दर्ता भएको जानकारी दिएका छन् । चालू आर्थिक वर्षमा विशेषले एक सय ६३ वटा भ्रष्टाचार मुद्दामा फैसला गरेको उल्लेख गर्दै प्रवक्ता भण्डारीले अख्तियारले २० वटा मुद्दामा मात्रै सफलता पाएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
पुनरावेदन गरिएको १२४ मुद्दामा २५१ प्रतिवादीविरुद्ध ४२ करोड १६ लाख २६ हजार ४६२ बिगो दाबी गरिएको छ ।
Advertisement 2
राजश्व चुहावट, घूस, सामाजिक सुरक्षाभत्ता हिनामिना, गैरकानुनी सम्पत्ति आर्जन, प्रश्नपत्र गोपनीयता भंग, गलत प्रतिवेदन, झुट्टा बिल भरपाई, नक्कली बैंक ग्यारेन्टी, गुणस्तरीयहीन सामान खरिद लगायत आरोपका मुद्दामा विशेष अदालतबाट सफाइ पाएका उक्त मुद्दालाई पुनरावेदनका लागि आयोग सर्वाेच्च अदालत गएको हो ।
Advertisement 3
उनले फैसला भएका १८ वटा मुद्दामा अख्तियारसँग पर्याप्त प्रमाण नपुग्ने भएकाले पुनरावेदन नगर्ने निर्णय भएको जिकिर गरेका छन् । साथै २४ वटा मुद्दामा पुनरावेदन जानेगरी काम गरिरहेको समेत जानकारी दिए ।
अघिल्लो आर्थिक वर्षका दुईवटा मुद्दामा पनि पुनरावेदन गरिएको उनको भनाइ छ । ती मुद्दाहरु विशेषगरी सामाजिक सुरक्षाभत्ताको हिनामिना र गैरकानूनी सम्पती आर्जनसँग सम्बन्धित हुन् ।