शिक्षक र बालविकास सहयोगीको तलब बढ्यो

aartha manrti

सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ । आगामी आर्थिक बर्षका लागि शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ । एक विद्यालय, एक स्वास्थ्यकर्मीको व्यवस्था, सबै विद्यार्थीको स्वास्थ्य जाँच गर्ने नीति सरकारले लिएको छ ।
यस्तै, सरकारले बालविकास सहयोगी र प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दैै बालविकास सहयोगीको तलब बढाएर ८ हजार पुर्याइएको र बाल विकास केन्द्रका शिक्षकले न्यूनतम १५ हजार पुर्यायएको जानकारी दिएका हुन् । त्यसका लागि सरकारले ५ अर्ब ५५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

प्रकाशित :२०७८ जेष्ठ १५, शनिबार १७:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry