थप १६ जनाको दरबन्दी स्वीकृत

अर्थ मन्त्रालय मातहतको नेपाल धितोपत्र वोर्डमा १६ जनाको दरबन्दी थपिएको छ । हाल ७३ जनाको दरबन्दी रहेकोमा अर्थ मन्त्रालयले थप १६ जनाको नयाँ दरबन्दी सिर्जना गर्न धितोपत्रलाई स्वीकउत दिएको हो । बोर्डको ओएण्डएम सर्वेक्षण प्रतिवेदन अनुसार अर्थले थप १६ दरबन्दीको लागि स्वीकृति प्रदान गरेको हो । हाल बोर्डमा ७३ जनाको दरबन्दी रहेकोमा थपिएको १६ दरबन्दीपछि बोर्डमा अध्यक्ष सहित ८९ जनाको दरबन्दी रहने छ ।
वोर्ड स्रोतका अनुसार दरबन्दी स्वीकृत भएसँगै १ जना कार्यकारी निर्देशक, २ जना उप कार्यकारी निर्देशक, ५ निर्देशक  र बाँकि ८ जना सहायक तहका कर्मचारी थप हुनेछन् ।

प्रकाशित :२०७७ चैत्र १२, बिहीबार १५:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry