नियुक्ति,बढुवादेखि निलम्बनसम्म :- यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला सात निर्णय
हिजो बसेको मन्त्रिपरिषद् बैठकले गरेको विभिन्न ७ वटा निर्णय सार्वजनिक भएका छन् । हिजो बसेको क्याविनेटले निलम्बन,नियुक्ति,बढुवादेखि विभूति घोषणा गर्ने लगायतका निर्णय गरेका छन् । सो निर्णयलाई सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज सार्वजनिक गरेका हुन ।
हिजोको क्याविनेटले वायू सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्वन गरेको छ । यस्तै नेपाल प्रशासन सेवा समुहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव श्री विनोदप्रकाश सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ । त्यसै गरी रिक्त रहेको राष्ट्रिय समाचार समितिको अध्यक्ष पदमा धनुषाका धर्मेन्द्र झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ । यस्का अलवा कोहलपुर– सुर्खेत १३२ केभि प्रशारण लाइन विस्तारका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
यस्तै बहुचर्चित र विवादित संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एपीपी) लाई अघि नबढाउने र सबै सरकारी निकायहरुले कुटनीतिक सम्बन्धका विषयहरुमा पत्राचार गर्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालय मार्फत् गर्ने निर्णय गरेको छ ।