मासिक ४५ हजार तलब बुझ्ने लेखा अधिकृतको आम्दानी :- २ बर्षमै सात करोड

एक जना सामान्य अधिकृतस्तरको कर्मचारीको आम्दानी कति हुन्छ ? अहिलेको तलबमान अनुसार उस्ले बुझ्ने भनेको ४७ हजार तलबले जीवन धान्दै गाह्रो हुने गरेको इमान्दार कर्मचारीहरु सुनाउँछन् तर एक जना सोही तहका कर्मचारीले दुई बर्षमै झण्डै साढे सात करोडको सम्पत्ति जोडेको फेला परेको छ । उनी हुन रविनचन्द्र ढकाल । जस्ले दुई बर्षमै झण्डै साढे सात करोड सम्पत्ति जोडेको भेटिएको छ ।दुई बर्षमा इमान्दार ढंगले सुख्खा तलवमात्र थाप्दा उनीसँग झण्डै १३ लाख आम्दानी हुन्छ । तर वैद्यानिक आम्दानीभन्दा सयौं गुणा सम्पत्ति उनीसँग देखेपछि उनका सहकर्मीहरु समेत उनको जीवनशैलीबाट चकित पर्दै आएका थिए ।

Advertisement 1

उदयपुरको कटारी नगरपालिकाका तत्कालीन लेखा अधिकृत रविनचन्द्र ढकालले हो यसरी अकुत आर्जन गर्न सफल भएको । ०७२ सालमा सेवा प्रवेश गरेका उनले ३ वर्षमै साढे ७ करोड रुपैयाँ भ्रष्टाचार गरेको विशेष अदालतले पुष्टि गरेको हो। अख्तियारका अनुसार,इलामको माई नगरपालिकाको लेखा अधिकृत भएका बेला ३ करोड २४ लाख ५६ हजार १४१ रुपैयाँ भ्रष्टाचार गरेको, उदयपुरको कटारी नगरपालिकाको लेखा अधिकृत हुँदा ३ करोड ९८ लाख ३६ हजार ९८७ रुपैयाँ भ्रष्टाचार गरेको र जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा रहँदा १४ लाख ७९ हजार ३०६ रुपैयाँ भ्रष्टाचार गरेको ठहर अख्तियारको छ।

खरदारबाट निजामती सेवामा पाइला राखेको उनले छोटे समयकै अकुत आर्जन गरेको फेला परेपछि विशेष अदालतले यसरी आर्जित रकमलाई भ्रष्टाचार ठहर गर्दै उनलाई ९ बर्ष कैदको सजाय सुनाएको छ । हालैमात्र विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले रविनचन्द्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको तीन वटै मुद्दामा दोषी ठहर गरेको छ।

Advertisement 2

अख्तियारले पक्राउ गरेर मुद्दा चलाएका रविनचन्द्रलाई अदालतले पुर्पक्षमै राखेर फैसला सुनाएको छ। करिब ४ वर्ष कैद बसिसकेका उनी अदालतको फैसला अनुसार अझै ५ वर्ष कैद बस्नुपर्ने भएको छ।

प्रकाशित :२०७९ भाद्र २४, शुक्रबार १५:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry