तस्करीको लाइन, सिराहाका सिडिओ र एसपी हटाइए
कार्यसम्पादनमा कमजोर देखिएको भन्दै गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई हटाएको छ ।सिडिओ राजेन्द्रदेव पाण्डे र टेकुनन्द लिम्बुलाई गृहले सोमबार हटाएको हो ।
Advertisement 1
गृह मन्त्रालयले सीडीओलाई मन्त्रालयमा र एसपीलाई प्रधान कार्यालय तानेको गृह मन्त्रालयको स्रोतले इकर्मचारीलाई बतायो । नयाँ सिडिओ र एसपी भने खटाइएको छैन । कार्यसम्पादनमा कमजोर देखिएकाले दुवैलाई हटाइएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।एसपी लिम्बुलाई ६ महिनाअघि नै गृह मन्त्रालयले हटाउन खोजेकोमा एआइजी टेकप्रसाद राईले रोक्दै आएका थिए ।
गृह मन्त्रालयका सह सचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले भने सरुवा समय पुगेर गरिएको बताए ।
प्रकाशित :२०८० माघ १६, मंगलवार १०:३८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%