महानिर्देशक भन्छन्ः पर्यटनमन्त्रीलाई स्पष्टीकरण दिन्नँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई नौ बुँदे स्पष्टीकरण सोधेको छ ।
Advertisement 1
उड्डन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको,उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको भन्दै मन्त्रीले उनलाई सात दिनभित्र जवाफ पेश गर्नेगरी नौं बुदें स्पष्टीकरण सोधेका हुन् । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सोधेको स्पष्टीकरणको जवाफ नदिने बताएका छन् । मन्त्री किरातीले सो निर्णय भएको विषयमा सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका छन् । महानिर्देशक अधिकारीले आफूलाई ‘अति जरुरी/गोप्य’ भनेर आएको पत्र सामाजिक सञ्जालमा मन्त्री आफैंले सार्वजनिक गरेकाले त्यसको स्पष्टीकरण पेश नगर्ने बताएका हुन् ।
स्पष्टीकरण सोध्ने मन्त्रिस्तरीय निर्णय किरातीले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेपछि मन्त्रालय र प्राधिकरणबीच टसल पर्ने देखिएको छ ।