लोकसेवाले अन्तिम समयमा यी उम्मेद्धारलाई हटायो अन्तर्वार्ताको सूचीबाट
लोकसेवा आयोगले उपसचिव तहका परीक्षामा एक जना उम्मेद्धारलाई अन्तिम चरणमा आएर अन्तर्वार्ताको सूचीबाट हटाएको जनाएको छ । आयोगले उपसचिव तहको परीक्षाको उम्मेद्धार सञ्जु लामिछानेको अधिकृतस्तरको पदमा ५ बर्षको अनुभव नभएको भन्दै अन्तरवार्ताको सूचीबाट हटाएको जनाएको छ ।
Advertisement 1
Advertisement 2
विज्ञापन नम्बर १७१९९/ ०७७- ०७८ (खुला) नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह हाइवे उपसमूह र विज्ञापन नम्बर १७२०२ /०७७- ०७८ (महिला) नेपाल नेपाल इञ्जिनियरिङ सेवा,सिभिल समूह,स्यानिटरी उपसमूहको परीक्षामा सम्मिलित उम्मेद्धारको अधिकृतस्तरको अनुभव ४ बर्ष,२ महिना ३ दिनमात्र पुगेको भन्दै अन्तिम समयमा आएर दरखास्त फाराम र लिखित परीक्षा रद्ध गरी अन्तर्वार्ताको सूचीबाटै हटाइएको आयोगले जनाएको छ ।
प्रकाशित :२०७८ फाल्गुन १७, मंगलवार १९:०४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%