पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको हृदयाघातबाट निधन

उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको निधन भएको छ ।

Advertisement 1

हृदयघातका कारण उनको निधन भएको जानकारी पाएपछि आफू नेशनल हस्पिटल कलंकी पुगेको उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले जानकारी दिए । प्रवक्ता भट्टराईले  भने, ‘बिहान कुरा हुँदा अदालत आउने कुरा थियो । तर पछि एक्कासी हृदयघात भएको रहेछ । हृदयघात भएपछि उनलाई कलंकीको नेशनल अस्पतालमा लगिएको भएपनि त्यहीँ उहाँको मृत्यु भएको परिवारका सदस्यले बताउनुभएको छ ।’

न्यायपरिषद्ले गत १८ पुसमा उच्च अदालतमा रिक्त रहेको ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियाे। रौतहट जिल्ला अदालतबाट उनी उच्चमा भर्खर बढुवा भएर उच्च अदालत आएका थिए। उनको आजै उच्च अदालतमा एकल इजलास र न्यायाधीश चन्द्रमणि ज्ञवालीसँग संयुक्त इजलास तोकिएको थियो।

प्रकाशित :२०८० माघ १६, मंगलवार १२:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry