यी हुन ११ वटा संवैद्यानिक आयोगका नियुक्त ३२ पदाधिकारी


राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ११ वटा संवैधानिक आयोगमा ३२ जनालाई नियुक्त गरेकी छिन् । संवैद्यानिक परिषद्को सिफारिसमा विभिन्न संवैधानिक आयोगहरूमा पदाधिकारी नियुक्त गरेकी छन् । ११ वटा संवैधानिक आयोगका नवनियुक्त ३२ जना पदाधिकारीहरूले बुधवार नै शपथ लिइसकेका छन् ।

Advertisement 1

जसमध्ये राष्ट्रपति भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व गृहसचिव प्रेमकुमार राईलाई नियुक्त गरेकी छन् । यस्तै आयुक्तमा किशोर सिलवाल र जयबहादुर चन्द नियुक्त भएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्धारा जारी विज्ञप्ती अनुसार निर्वाचन आयोगको निर्वाचन आयुक्तमा रामप्रसाद भण्डारी र डा जानकी कुमारी तुलाधर नियुक्त भएका छन् । यस्तै अर्काे संवैद्यानिक राष्ट्रिय मानव अधिकार आयोग अध्यक्षमा तपबहादुर मगर र सदस्यहरुमा डा सूर्य प्रसाद ढुंगेल,मिहिर ठाकुर,मनोज दुवाडी,लिलीहजुर बस्न्यात नियुक्त भएका छन् ।

Advertisement 2


राष्ट्रिय बीत्त आयोगको सदस्यमा जुद्धबहादुर गुरुङ र अम्मरबहादुर मिश्रले नियुक्ति पाएका छन् । यस्तै राष्ट्रिय महिला आयोगको अध्यक्षमा कमलाकुमारी पराजुली र सदस्यहरुमा कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हाले नियुक्ति पाएका छन् ।

प्रकाशित :२०७७ माघ २१, बुधबार १३:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry