मुख्यमन्त्री, मन्त्री र सचिवले भनेको मान्छेलाई अनुदान नदिँदा कर्मचारीको सरुवा !
बागमती प्रदेशमा कार्यरत एमाले निकटका तीन कर्मचारीको सरुवा गरिएको भन्दै आगामी आर्थिक वर्ष २०७९/ ८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएका बैठकमा एमालेका प्रदेश सांसदले उठेर विरोध जनाएसँगै बैठक स्थगित भएको थियो ।
गत १३ गतेमात्र एमाले निकट तीन जना कर्मचारीलाई अनियमित ढंगले सरुवा गरेको भन्दै उनीहरुले अवरोध गरेको जनाइएको छ । बाग्मती प्रदेशले हालै मात्र पशुपन्छी तथा मत्स्य विकास केन्द्रका तीन कर्मचारीलाई सरुवा गरेको थियो । सरुवामा परेका कर्मचारीहरुमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौडाका अधिकृत स्तर दसौँ डा मोगल प्रसाद शाह,ध्रुब डिसी र प्रकाश चापागाईँ रहेका छन् ।
बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफू निकटका कुल बहादुर तामाङ्गलाई ४० लाख अनुदान दिनका लागि मुख्यमन्त्री, मन्त्री र सचिबले तारन्तार दबाब दिएका थिए ।उनलाई अनुदान दिनकै लागि मन्त्रालयले पहिला तयार पारेको कार्यविधि नै संशोधन गरिएको थियो ।
बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईं र सचिब डाक्टर शरण पाण्डेले आफ्ना अनुकुलका व्यक्तिलाई नियम विपरित ४० लाख अनुदान नदिएपछी ती तीन जना कर्मचारीहरुको सरुवा गरिएको जनाइएको छ ।
Advertisement 1
बंगुरको श्रोत केन्द्रका लागि भनेर धादिङको नमुना बंगुर फार्मलाईनै कार्यबिधि बिपरित दिनका लागि मुख्यमन्त्री पाण्डे, पाण्डेका स्वकीय सचिब, मन्त्री हुमागाईं र सचिब पाण्डेले निरन्तर दवाव दिएका र मापदण्ड मिचेर अनुदान दिन इन्कार गरेसँगै ती तीन कर्मचारी लखेटिएका बताइएको छ । श्रोत केन्द्र स्थापना सम्वन्धी कार्यक्रम मुल्याङकन समितिका संयोजक तथा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका डाक्टर धुर्ब डिसिलाई दोलखा सरुवा गरिएको छ । चार महिना अगाडि मात्र निर्देशनालयमा सरुवा गरिएका डिसिलाई दोलखा सरुवा गरिएको हो । समितिका सदस्य डाक्टर सविना मिश्रलाई नुवाकोटको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रमा सरुवा गरिएको र मन्त्रालयका अर्का प्रतिनिधि कानून अधिकृत प्रकाश चापागाईलाई सरुवामा परेका हुन ।