७० बर्ष पछि तोडियो प्रधानन्यायधीशको अधिकार

सर्वोच्च अदालतको ७० बर्ष लामो इतिहास आजबाट ब्रेक हुँदैछ । आजबाट मुद्धाको पेशी तोक्ने प्रक्रियामा सर्वोच्च नयाँ चरणमा प्रवेश गर्दैछ ।
यस अघि मुद्धाको इजलाश तोक्ने तजबिजी अधिकार प्रधानन्यायधीशमा सीमित रहेकोमा सो अधिकार कटौती भएको छ ।
कोभिड संक्रमण कारण बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना हुनुभएका प्रधानन्यायधीश राणाले मंगलबार अस्पतालबाटै इजलाश तोक्नुभएको थियो । त्यो उहाँको आफ्नो अधिकार प्रयोग गर्दै तोकिएको अन्तिम इजलाश हुनेछ ।
अब प्रधानन्यायाधीशको पेशी तोक्ने अधिकार कटौती भएको छ । झण्डै ७ दशक अघिदेखि पेशी व्यवस्थापनको अधिकार प्रधानन्यायाधीशमा निहित रहँदै आएकोमा प्रधानन्यायधीशको सो अधिकार कटौती गरी स्वचालित पेशी व्यवस्थापनमा प्रणालीमा सर्वोच्च अदालत प्रवेश गर्न लागेको हो ।
नयाँ प्रणाली अनुसार अब थैलीबाट गोटी निकालेर न्याय दिइने छ ।
जसअनुसार समान रुप, रंग, आकार र बनोटका गोटीलाई एक अपारदर्शी थैलीमा राखिनेछ । सो गोटीलाई प्रधानन्यायाधीश र न्यायाधीशहरूले बरिष्ठताका आधारमा क्रमशः सबै न्यायाधीशले एक–एकवटा गोटी तान्नेछन् ।

Advertisement 1

यस्का अलवा एकल,संयुक्त र पूर्ण इजलाशका अर्को छुट्टा–छुट्टै थैली र गोटीको व्यवस्था गरिने निर्देशिकामा उल्लेख छ ।
सर्वोच्च अदालत यो प्रक्रियामा प्रवेश यसअघि हेर्दाहेर्दैमा रहेका र निर्णय सुनाउने मिति तोकिएका मुद्दा पनि फेरि गोलाप्रथामा जाने भएका छन् ।
यस्ता मुद्धाको संख्या ५० भन्दा बढी रहेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
यस अघि बसेको सर्वोच्चको फुलकोर्ट बैठकले नै हेर्दा हेर्दै र निसुमा रहेका मुद्धाहरुलाई पुन गोलाप्रथाबाटै हेर्ने न्यायधीशहरुबीच सहमति जुटेको अदालतले जनाएको छ ।
गत ६ मंसिरमा नेपालको राजपत्रमा गोला प्रणालीबाट पेशी तोक्ने व्यवस्था गरेको थियो ।
अब मुद्धा मामिला गोलाप्रथाबाट हेरिने भएसँगै महिनौ दिनदेखि आन्दोलित कानुन व्यवसायीहरु पनि आजबाट इजलाशमा फर्कने बताएका छन् ।
गोलाप्रथाबाट इजलाश तोकिए पनि नेपाल बार र सर्वाेच्च बारका प्रतिनिधिहरुले कामू प्रधानन्यायधीश नतोकी इजलाश नबस्न सुझाव दिए पछि अहिले सर्वाेच्चका न्यायधीशहरु आन्तरिक छलफलमा जुटेका छन् ।

प्रकाशित :२०७८ मंसिर १५, बुधबार १३:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry