१७ कार्यालय अनुगमन गर्दा एकैदिन ९८ कर्मचारी अनुपस्थित


रुकुम पश्चिम जिल्ला प्रशासनले १३ वटा कार्यालयमा छड्के अनुगमन गर्दा ९८ जना कर्मचारी अनुपस्थित रहेको भेटिएको छ। जिल्लाका जिल्ला समन्वय समिति, मालपोत, नापी, स्वास्थ्य सेवा, हुलाक, पशुसेवा लगायतका १७ वटा कार्यालयमा छड्के अनुगमन गर्दा झण्डै सय कर्मचारी अनुपस्थित रहेको पाइएको हो ।

Advertisement 1

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे सहितको टोलीले एकै साथ ६ वटा टिम बनाएर बिहान १० बजेदेखि सवा १० बजेको समयमा छड्के अनुगमन गरिएको थियो । अनुगमनको क्रममा ६ वटा कार्यालयमा कार्यालय प्रमुखसहित अनुपस्थित भेटिएको प्रजिअ गैह्रेले सुनाए । यसरी अनुगमन गरिँदा सयौंका संख्यामा कर्मचारीहरु अनुपस्थित रहेको भेटिएको हो ।

ठूलो संख्यामा कर्मचारी अनुपस्थित रहेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले अनुपस्थित कर्मचारी र कार्यालय प्रमुख समेतलाई तीन दिनभित्र स्पष्टिकरण दिन पत्राचार गरेको छ।

प्रकाशित :२०७७ पुष ३, शुक्रबार १३:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry