“सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन नगर्नु”


जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ। कोरोना भाइरसको महामारी तीव्ररुपमा बढिरहेकाले भिडभाडजन्य गतिविधिमा रोक लगाएको छ ।कोरोनाभाइरस महामारी अझै रहेकोले भिडभाडजन्य गतिविधि नगर्न/नगराउन प्रशासनले आज विज्ञप्ति निकालेर जानकारी गराएको हो।

Advertisement 1

मंगलबार एक सूचना जारी गर्दै कार्यालयले विभिन्न माग राखी राजनीतिक तथा भिडभाडजन्य गतिविधि जस्तै, सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन नगर्न भनेको हो ।

कार्यालयले पछिल्लो समय यस्ता गतिविधि बढिरहेकाले स्थितीलाई भयावय बनाउने किसिमका भएको र साथै स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० को विपरीत हुने भएकाले त्यस्ता भिडभाडजन्य गतिविधिहरु नगर्नरनगराउन साथै महामारी रोकथाममा सहयोग पुर्याउनुहुन सबैमा अनुरोध गरेको छ ।पछिल्लो समय काठमाडौं उपत्यकामा राजसंस्था पुनस्र्थापनाका लागि भन्दै प्रदर्शनकारीहरूले आन्दोलन गरिरहेका छन् । यस्तै विभिन्न मागसहित अरु सङ्गठन र अभियन्ताहरूले पनि काठमाडौंको माइतीघरलगायत ठाउँमा विरोध प्रदर्शनलगायतका विरोध कार्यक्रम गर्न शुरु गरेका छन् । यस्ता गतिविधिबाट कोरोना सङ्क्रमण नियन्त्रण गर्न गाह्रो हुने भन्दै सरकारले सजग गराउँदै आएको छ ।

Advertisement 2

माथि उल्लेख भए बमोजिमका क्रियाकलाप गरे÷गराइएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने बताएको छ ।

प्रकाशित :२०७७ मंसिर १६, मंगलवार १४:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry