गृह मन्त्रालयमा २ सहसचिवको जिम्मेवारी हेरफेर, सिराहा प्रजिअ पौडेल तानिए

काठमाडौं। गृह मन्त्रालयले २ सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट सिराहाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुरेन्द्र पौडेलसहित २ सहसचिवको जिम्मेवारी परिवर्तन गरिएको हो।
Advertisement 1
मन्त्रालय स्रोतका अनुसार सिराहाका प्रजिअ सुरेन्द्र पौडेललाई गृह मन्त्रालयमा तानिएको छ। मन्त्रालयमा ल्याइएपछि उनलाई तत्कालका लागि अतिरिक्त समूहमा राखिएको छ।
त्यस्तै, गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाको नेतृत्व गर्दै आएका सहसचिव सुरेश पन्थीलाई कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ।
Advertisement 2
पन्थीले सम्हाल्दै आएको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाको जिम्मेवारीमा भने नयाँ व्यवस्थापन गर्नुपर्ने भएको छ।
यसैबीच, सिराहाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा कसलाई पठाउने भन्ने विषय अझै टुंगो लागेको छैन। पौडेललाई गृह मन्त्रालयमा तानिएपछि हाल उक्त पद रिक्त रहेको छ। नयाँ प्रजिअ तोकिएपछि मात्रै सिराहाको प्रशासनिक नेतृत्वले पूर्णता पाउनेछ।








