निजामती सेवामा २ अनुभवी अनुहारको छलाङ: कुँवर र खत्री सचिवमा

काठमाडौं। सचिव बढुवाका लागि ३ वरिष्ठ सहसचिवमध्ये पहिलो नम्बरमा सिफारिस भएका उत्तरकुमार खत्री पनि सचिवमा बढुवा भएका छन्। सरकारले खत्रीलाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवका रूपमा पदस्थापन गरेको छ।

Advertisement 1

वरिष्ठताका आधारमा सचिव बढुवाका लागि सिफारिस भएका खत्रीलाई प्रदेशको प्रशासनिक नेतृत्वको जिम्मेवारी दिइएसँगै उनको निजामती यात्राले पनि नयाँ मोड लिएको छ। प्रदेशको प्रमुख सचिवका रूपमा उनले संघ, प्रदेश र स्थानीय तहबीचको प्रशासनिक समन्वय तथा प्रदेश सरकारको सेवा प्रवाहलाई प्रभावकारी बनाउने महत्वपूर्ण जिम्मेवारी सम्हाल्नेछन्।

यसैगरी, प्रधानमन्त्रीको निजी सचिवदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासन महाशाखा प्रमुखसम्मका महत्वपूर्ण जिम्मेवारी सम्हालेका बिनोद बहादुर कुँवर सचिवमा बढुवा भएका छन्।

Advertisement 2

मुखियाबाट निजामती सेवाको यात्रा सुरु गरेका कुँवरले साढे ३ दशक लामो सेवाकालमा प्रशासनका विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै सचिव तहसम्मको वृत्तिविकास पूरा गरेका हुन्। प्रतिस्पर्धात्मक वृत्तिविकासदेखि कर्मचारी आन्दोलन, प्रशासन सुधार, मितव्ययिता तथा विकास आयोजनाको नियमित फलोअपसम्म उनको प्रशासनिक यात्राका विभिन्न पाटा जोडिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहँदा उनले प्रशासन सञ्चालनसँगै सरकारका प्राथमिकता र निर्णय कार्यान्वयनको अनुगमन तथा समन्वयमा समेत भूमिका निर्वाह गरेका थिए। लामो समय प्रशासनिक जिम्मेवारीमा रहेर काम गरेका कुँवरको सचिवमा बढुवा निजामती वृत्तिमा फरक पृष्ठभूमिबाट माथिल्लो तहमा पुगेको उदाहरणका रूपमा हेरिएको छ।

Advertisement 3

कुँवर र खत्री दुवैको सचिवमा बढुवा तथा पदस्थापनसँगै निजामती प्रशासनमा लामो अनुभव बोकेका सहसचिवहरूलाई माथिल्लो तहको नेतृत्वमा पु¥याउने क्रम अघि बढेको छ।

प्रकाशित :२०८३ भाद्र २६, शुक्रबार ११:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry