निजामती सेवाका यी तीन कमाण्डर, जस्ले पढेका थिए एउटै सरकारी विद्यालय

संयोग पनि कस्तो सिंहदरबारभित्रका ३ कमाण्डर, एउटै सरकारी विद्यालय पढेका ।

Advertisement 1

निजामती कर्मचारी वृत्तमा कहिलेकाहिँ रमाइला संयोगहरु देखा पर्दछन् ।जस्तो एकै जिल्लाका कर्मचारी एकै पटक देशका ८ जिल्लाका सिडीओ बनेर रेकर्ड कायम गरेका छन् । यस्तै एकै जिल्लाको एउटै विद्यालयमा पढेका ५ जना एकै पटक सचिव बनेर मुलुकको कर्मचारी प्रशासन चलाएर केही अघि रेकर्ड बनाए ।

एकै जिल्लाको एउटै विद्यालयमा पढेका ५ विद्यार्थीहरु सचिव बनेर प्रशासन संयन्त्र चलाएका थिए दिनेशकुमार थपलिया,प्रेम राई,राजीव गौतम,ईश्वर नेपाल र दिनेश घिमिरेहरुले । जो संखुवासभाको एउटै विद्यालयका विद्यार्थी ।जसमध्ये दिनेश थपलिया,प्रेमकुमार राई,दिनेश घिमिरेहरु अहिले पनि सरकारी ओहदामा बाहल छन् । हाल निर्वाचन आयोगको नेतृत्व गरिरहेका प्रमुख आयुक्त दिनेश थपलिया, गृह मन्त्रालयबाट अवकाश पाएर अहिले अख्तियारको प्रमुख आयुक्त रहेका प्रेम कुमार राई, ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयबाट राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएका सचिव दिनेश कुमार घिमिरेदेखि एउटै विद्यालयका विद्यार्थीहरू हुन् । यि सबैले सङ्खुवासभा जिल्लाको हिमालय माध्यमिक विद्यालय खाँदवारीमा पढेका हुन् ।सोही जिल्लाकै सुरेश अधिकारी हाल सङ्घीय मामिला तथा सामान्य प्रशासन मनत्रालय सचिवको जिम्मेवारीमा छन् ।
संखुवासभाकोझैं राजधानी भक्तपुरको एउटै विद्यालयमा अध्ययनरत तीन जना अहिले एकै पटक निजामती सेवाको उच्च ओहदामा कार्यरत छन् ।

Advertisement 2

उनीहरु हुन मणिराम गेलाल,शिशिर कुमार ढुंगना र महेश्वर न्यौपाने । यी तिनै जनाले भक्तपुरमा अवस्थित चाँगुनारायण माध्यमिक विद्यालयका विद्यार्थी । सरकारी स्कूलमा अब्बल सरकारी स्कूलभित्र पर्दछ यो विद्यालय,जहाँबाट मणिरामले ४० सालमा एसएलसी उत्र्तीण गरेका थिए भने शिशिर कुमार ढुंगनाले ४२ सालमा र महेश्वर न्यौपानेले ०४६ सालमा एसएलसी उत्र्तीण गरेका थिए ।

जसमध्ये महेश्वर हालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनको रुपमा कार्यरत छन् भने शिशिर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवको रुपमा कार्यरत छन् । इ मणिराम गेलाल हालै सहरी विकास मन्त्रालयको सचिवको रुपमा कार्यरत छन् ।

प्रकाशित :२०७८ मंसिर १५, बुधबार १०:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry