बीचमै तुहियो अतिरिक्त सचिवको प्रस्ताव

निजामती सेवामा अतिरिक्त सचिव राख्ने प्रस्ताव बीचमै तुहिएको छ ।

Advertisement 1

निजामती सेवाको एक तह थपेर १५ औं तहसम्म बनाउन खोजिएको विद्येयकबाट अतिरिक्त सचिव राख्ने प्रस्ताव बीचबाटै गायब बनाइएको हो ।

प्रस्तावित संघीय निजामती सेवा विद्येयकमा सहसचिव र सचिवबीचमा अतिरिक्त सचिव थप गर्न प्रस्ताव गरिएकोमा उक्त विद्येयक बीचमै तुहिएको हो ।

Advertisement 2

साता दिन अघि क्याविनेटले रायका लागि लोकसेवा आयोगमा पठाएको विधेयकको मस्यौदामा यस अघि रहेको अतिरिक्त सचिवको प्रस्ताव उडाइएको हो ।

यस अघि संघीय मामिला तथा सामान्य प्रशासनबाट रायका लागि अर्थ र कानुनमा पठाइएको प्रस्तावित संघीय निजामती सेवा ऐनमा बाह्रौँ तहको सहसचिव र चौधौँ तहको सचिवको बिचमा तेह्रौँ तहको अतिरिक्त सचिव रहने व्यवस्था प्रस्ताव गरिएको थियो ।

Advertisement 3

मन्त्रालय,निर्वाचन आयोग,लोकसेवा आयोग,महालेखापरीक्षक, महान्यायाधिवक्ता, सर्वोच्च अदालतलगायतका संवैद्यानिक निकायमा सचिवको दरबन्दी राख्ने र बाँकी निकायमा सचिवको दरबन्दी कटौती गरि अतिरिक्त सचिव राख्न तयारी स्वरुप अतिरिक्त सचिवको पद श्रृजना गर्ने खोजिएको थियो ।

यस अघि निजामतीमा १५ औं तहसम्म राख्ने प्रस्ताव गरिएकोमा अहिलेको विद्येयकमा विशिष्ट श्रेणीबाट एक तह नै गायब बनाइएको हो ।

प्रकाशित :२०८० भाद्र ५, मंगलवार १९:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry