यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय :- नियुक्ति,राजीनामा स्वीकृतदेखि स्पष्टीकरण सोध्नेसम्म

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादशे फिर्ता गर्नेदेखि विद्येयकहरु संसदमा पेश गर्ने र राजीनामा स्वीकृतीसम्मका निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेको थियो । जस्लाई राष्ट्रपतिले अनुमोदन गरिसकेकी छिन् ।
यस्तै सरकारले विभिन्न विधयेकहरु संसदमा पेश गर्ने निर्णय गरेको छ । शपथसम्बन्धी विधयेक २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधयेक र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय, पहिलो संशोधन) विधयेक २०७८ संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो । त्यस्तै बैठकले सार्वजनिक पद धारण गर्ने व्यक्तिको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने निर्णय पनि गरेको छ ।
Advertisement 1
बैठकले डोटीस्थित शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माणका लागि सरकारी जग्गा लिजमा उपलब्ध गराउने निर्णय पनि गरेको छ । बैठकले विपी कोईराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय पनि गरेको छ ।
बैठकले समाज कल्याण परिषदका उपाध्यक्ष डा पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुस्कर खातीसहितका पदाधिकारीहरुले दिएको राजीनामा पनि स्वीकृत गरेको छ । यस्तै धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भिष्मराज ढुंगानालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । बैठकले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार विष्णुप्रसाद सुवेदीलाई नियुक्त गरेको छ ।