बालेनले ताला ठोक्नुपर्ने भित्री विवरण
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी समेत महानगरपालिकाले खोसेको छ ।
गत सोमबारमात्र राष्ट्रिय सभागृहमा रहेको बसन्त अधिकारीको कार्यकक्षमै ताला लगाइएकोमा हिजोदेखि उनले चढ्दै आएको सरकारी गाडी समेत खोसिएको हो ।
मेयर साहकै सचिवालयमा कार्यरत भगवती बिडारीको छोरीलाई जागिर खुवाउन कार्यपालिकाको निर्णय कीर्ते गरेको फेला परेपछि कर्मचारी वृत्तमा चतुर प्रशासकका रुपमा चिनिएका बसन्त विवादमा तानिए,उनी विदा लिएर बसिरहेका थिए । सोमबार बालेनले उनको कार्यकक्षमै ताला ठोकिदिए । हृदयेश त्रिपाठी सामान्य प्रशासन मन्त्री हुँदा सिडियो छाडेर कामकाजमा सामान्य प्रशासनमा छिरेका बसन्त ०७९ असोज १६ गते काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाजमा खटिएका थिए । मेयर बालेनसँगको टकरावका कारण बसन्त अहिले काम न काजको अवस्थामा पुगेका छन् ।
Advertisement 1
महानगरपालिकाको कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बन गरेर मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई १६ पुसमा बिदामा बस्न निर्देशन दिएका थिए ।कीर्त प्रकरणमा परेर कर्मचारीहरु निलम्बनमा परेसँगै विदामा बस्न निर्देशन दिएका सहसचिव अधिकारी बिहान ७ बजे राष्ट्रिय सभा गृहस्थित कार्यालयमा पुग्ने र भए भरका फाइलमा व्याक डेट राखेर हस्ताक्षर गर्ने गरेको सूचना कसैले मेयर वालेन साहलाई पुर्याएसँगै राष्ट्रिय सभा गृहस्थित उनको कार्यकक्षमा ताला ठोकिएको थियो ।
महानगरपालिकाले अहिले निमित्तको जिम्मेवारी सीताराम कोइरालालाई दिएको छ ।
Advertisement 2
यसैबीच सहसचिव अधिकारीले अस्ति सोमबारमात्र एक साताका विदा माग्दै सामान्य प्रशासनमा निवेदन दिएका छन् ।