मुख्यसचिव रेग्मी कति सफल,कति असफल ?
प्रधानमन्त्री केपी शर्मा ओलीका प्यारा बनेर रहेका मुख्यसचिव रेग्मी प्राय रहेक कुरामा असफल देखिए । विवादित पनि बने । जस्तो निजामती कर्मचारीहरुको मूल कानुन संघीय निजामती सेवा ऐन जारी गर्ने सन्दर्भमा होस वा कर्मचारी समायोजन नै । यी दुबै कुरामा मुख्यसचिव रेग्मी पूर्ण असफल रहे । अझैं पनि कर्मचारी समायोजन पूर्ण रुपमा टुंगिन सकेको छैन् । संघकै निजामती सेवा ऐन (कानुन) नआउँदा प्रदेश र स्थानीय तह कानुन बिहिन अबस्थामा चलिरहेका छन् । लाखौं कर्मचारीहरुको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने मुख्यसचिवले अभिभावकको भूमिका दिन नसकेको आम कर्मचारीहरुको बुझाई छ ।
Advertisement 1
रेग्मी आफूभन्दा सानालाई नगन्ने तर ठूलाका चाकडी गर्ने स्वभाव र शैलीका कर्मचारी हुन् । यस अघि शेरबहादुर देउवाको अति निकट भएर काम गरेका उनी अहिले प्रधानमन्त्री ओलीको विश्वाशपात्र भएरै साढे दुई बर्ष बिताए । यस अघिका मुख्यसचिव सोमलाल सुवेदीलाई मनिला पठाएर आफू मुख्य सचिव हुने बाटो बनाएका उनलाई नजिकबाट चिन्ने जान्ने एक सचिवले सुनाए ।
उनी तिनै कर्मचारी हुन जस्ले आफू गृृहसचिव हुँदा आफ्नै बाबुलाई पुरस्कृत गरेका थिए ।उनी गृहसचिव हुँदा आफ्ना बाबु लक्ष्मीकान्त रेग्मीलाई सुप्रबल जनसेवा श्री पदक दिलाएका थिए । लोकदर्शनका पिता लक्ष्मीकान्त पञ्चायतकालमा प्रधानपञ्च थिए भने पछि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । यस पटक निजामती सेवा दिवसका दिन आफ्नै निजी सवारी चालक धनबहादुर लामालाई एक लाख राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार दिलाएका छन् ।