छ वर्षदेखि करारमा कार्यरत कर्मचारीहरुको जागिर चट

धनगढी । कैलालीको कैलारी गाउँपालिकाले ११ जना कर्मचारीलाई सेवाबाट हटाएको छ । गाउँपालिकामा झण्डै छ वर्षदेखि करारमा कार्यरत कर्मचारीहरुलाई साउन १ गतेदेखि सेवाबाट हटाएको हो ।

Advertisement 1

कैलारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरले गाउँ कार्यपालिकाले करार कर्मचारीको करार म्याद साउनदेखि नवीकरण नगर्ने निर्णय गरेको जानकारी दिए । गाउँपालिकाले करारमा रहेका सब इन्जिनियरदेखि कार्यालय सहयोगीलाई सेवाबाट हटाएको हो ।

सेवाबाट हटाइएका कर्मचारीले भने बिना कारण आफूहरुलाई निष्कासन गरिएको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले आफ्नो पुनर्वहालीसहितका माग राख्दै गाउँपालिकालाई ज्ञापनपत्र समेत बुझाएका छन् । गाउँपालिकाका कार्यवाहक अध्यक्ष धोजहरिपाल बोहरालाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘बिना कारण र बिना विकल्प सेवाबाट हटाउने गरी गरिएको निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

Advertisement 2

उनीहरुले आफूलाई हटाउने निर्णय फिर्ता लिन पनि माग गरेका छन् । आफूहरुलाई पुनर्बहाली गर्नुपर्ने, कार्य सम्पादन मूल्याङ्कन गर्नुपर्ने, समावेशी विकास कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र आर्थिक भारको कारण भए त्यसको अन्य विकल्प खोजी समाधान गर्नुपर्ने माग छ ।

प्रकाशित :२०८० श्रावण १२, शुक्रबार २०:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry