राजदुतमा जो रोकिए…..

परराष्ट्र सेवाकै मुख्यसचिव छन् शंकरदास बैरागी । उनकै कारण परराष्ट्र सेवाका कर्मचारीमाथि अन्याय परिरहेको छ । यस अघि राजदुत बनाइँदा आधा परराष्ट्र सेवाका र बाँकी राजनीतिक क्षेत्रबाट नियुक्ति हुन्थ्यो यस पटक दुई जना परराष्ट्र सेवाका राजदुत नियुक्त हुँदा बाँकी ९ जना राजनीतिक क्षेत्रका परे । पहिले रिक्त राजदूतमध्ये आधा मन्त्रालय भित्रबाट र आधा बाहिरबाट नियुक्त गरिन्थ्यो । यसपटक ९० प्रतिशत बाहिरबाट गरिएको देखिन्छ । परराष्ट्र सेवाबाटै मुख्यसचिवसम्म बनेका वैरागीकै समयमा परराष्ट्र सेवाको भाग खोसिएका हो ।

Advertisement 1

यता राजदुत सिफारिस हुँदा यस पटक केहीको नाम काटकुटमा परेको छ । सरकारले केहि समयअघि श्रीलंकाको लागि प्रस्तावित राजदूत भनेर हल्ला गरे पनि यादव खनाललाई यसपटक ११ जना राजदूतको नियुक्तिमा पनि बाहिर पारेको छ ।

परराष्ट्र मन्त्रालयबाट अवकाशप्राप्त खनाल नेपाल भारत प्रवुद्ध समूह ईपीजी सचिवालयमा समेत संलग्न हुनुहुन्थ्यो ।

Advertisement 2

परराष्ट्रको राम्रा करियर डिप्लोम्याटमध्येका एक ठानिएका खनाललगायतलाई पहिले नै राजदूत प्रस्ताव गरिएको उच्च स्रोतले पुष्टि गरेको थियो । तर त्यो लटका निर्मल काफ्लेलाई मात्रै गत साता गरिएको सिफारिशमा अष्ट्रियाको लागि राजदूत भनिएको छ ।

अर्का अवकाशप्राप्त सहसचिव जीवनप्रकाश श्रेष्ठलाई इजिप्टमा हालिएको छ । उहाँ अघिल्लो दिन सेवानिवृत्त भएर भोलिपल्ट राजदूत बन्नुभएको हो ।

Advertisement 3

खनालले यसअघि कोरियामा नेपाली दूतावास स्थापनार्थ निकै योगदान पुर्याएको समकालीनहरू बताउँछन् । अहिले परराष्ट्रमा जुनियरहरूले पनि राजदूत बन्न पालो पाउने अवस्था देखिएको बताइन्छ ।

कालीप्रसाद पोखरेलले निकै कोशिस गरे पनि दोहोर्याएर राजदूत नबनाउने भएपछि घर बसेका छन् । सहसचिवमध्येका हरिश्वर घिमिरेले पनि निकै आश गरेको बताइन्छ ।

प्रकाशित :२०७८ जेष्ठ ५, बुधबार ०८:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry