कर्मचारीले सेवाग्राहीलाई गाली गर्दै कुटपिट गरेपछि….

कर्मचारीले सेवाग्राहीलाई कुटपिट गर्दा विराटनगर महानगरपालिका १६ नम्बर वडा कार्यालयका कर्मचारी गम्भीर घाइते भएका छन्।
Advertisement 1
उपभोक्ता समिति गठनका लागि समितिमा बस्नेहरूको जग्गाको कर तिर्न पुगेका विराटनगर महानगरपालिका वडा नम्बर १६ दरैया बस्तीका ४० वर्षीय अनिल खतिवडालाई वडा कार्यालयका कम्प्युटर अप्रेटर रवि सुब्बाले गाली गर्दै कुटपिट गरेका हुन् ।
खतिवडाका अनुसार उपभोक्ता समिति गठनका लागि लालपुर्जामा भएका २ वटा कित्ताको राजस्व तिर्न उनीसँगै अर्का उपभोक्ता पुगेका थिए। जिर्सीदेवी मण्डलको नाममा रहेको जग्गाको राजस्व बुझाउन जितेन्द्र मण्डल गएका थिए।
Advertisement 2
कुटपिट गर्ने कर्मचारीलाई वडा कार्यालयले कारबाहीका लागि महानगरलाई तत्काल पत्र लेखेर पठाइसकेको वडा अध्यक्ष उद्धव भुजेलले बताए। वडा कार्यालयमा आउने सेवाग्राहीलाई कसैले पनि हातपात गर्न नपाउने बताउँदै अध्यक्ष भुजेलले सार्वजनिक ठाउँमा कुटपिट तथा गालीगलौज गर्ने कर्मचारीलाई कानुन बमोजिम कारबाहीका लागि कदम चालिएको बताए।













