बिचौलियामार्फत घुस खाने श्रम कार्यालयका नासु अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वैदेशिक रोजगार कार्यालय ताहाचलका एक कर्मचारी र बिचौलियालाई नियन्त्रणमा लिएको छ ।
श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालयमा पुगेका सेवाग्राहीको काम आलटाल गरी अनलाइन फर्म भर्ने विचौलिया खेमप्रसाद काफ्ले मार्फत जानुपर्ने बाध्यता श्रृजना गर्नुका साथै उनै काफ्ले मार्फत २१ हजार घूस लिएको आरोपमा उनी पक्राउ परेका हुन् । यसरी पक्राउ परेका नायव सुब्बा हुन दुर्गा प्रसाद पोखरेल । जस्लाई अख्तियारको टोलीले घूससहित पक्राउ गरेको छ ।
सेवाग्राहीले आफ्नो काम गर्नका लागि समेत बिचौलियामार्फत जानुपर्ने बाध्यता श्रृजना गरी उनले बिचौलिया खेम प्रसाद काफ्लेमार्फत २१ हजार घूस लिइसकेको अबस्थामा अख्तियारले पक्राउ गरेको हो ।
सेवाग्राहीले दिएको उजुरीको आधारमा अख्तियारको टोलीले पोखरेल र बिचौलिया खेम प्रसाद काफ्लेलाई २१ हजार घूस लिइसकेको अवस्थामा सोल्टिमोड स्थित रेडक्रस मार्गको सडक किनाराबाट नियन्त्रणमा लिएको जनाएको छ । अहिले थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।