उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

नेपाल सरकारका बहालवाला सचिवलाई प्रहरीले पक्राउ गरेको छ । हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत रहेका सचिव टिएन (टेकनारायण) पाण्डे गृह सचिव हुँदा नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको आरोप लागेसँगै प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।
काठमाडौं जिल्ला प्रहरी कार्यालयका अनुसार सचिव पाण्डेलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पेप्सिकोलाबाट पक्राउ गरेको हो ।

Advertisement 1

भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरुले पटक पटक पाण्डेको नाम लिएसँगै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।गत १३ चैतमा मोरङ पथरीका केशवप्रसाद दुलाल, ललितपुर महालक्ष्मी–४ का सानु भण्डारी र पाँचथर फिदिमका टंककुमार गुरुङ र त्यसपछि पक्राउ परेका मोरङ पथरी–१० का सागर राईको बयानका आधारमा उनी पक्राउ परेका काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए । अहिले पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । पाण्डे झण्डै १३ महिना गृह सचिवका रुपमा कार्यरत रहे । पूर्वमन्त्री बालकृष्ण खाँणले उनलाई गृह सचिवका रुपमा भित्राएका थिए । पाण्डेले ०७८ साल साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिवका रुपमा काम गरेका थिए । गृहबाट उपराष्ट्रपति कार्यालय सरुवा हुँदा उनी खटाएको कार्यालयमा महिनौंसम्म हाजिर हुन गएका थिएनन् ।

यही प्रकरणमा पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा ईन्द्रजित राईलाई हिजो प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रकाशित :२०८० बैशाख २०, बुधबार १३:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry