तीन सहायक प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालयका नौ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले तीन जना सहायक प्रमुख जिल्ला अधिकारीसहित नौ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले बुधबार भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी मनिता श्रेष्ठको अध्यागमन कार्यालय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बरिष्ठ अध्यागमन अधिकृतका रुपमा सरुवा भएको छ । श्रेष्ठ भोजपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा भए पनि उनी गृह मन्त्रालयमा काजमा रहेकी थिईन् ।
Advertisement 1
यस्तै सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रेवतीरमण शर्माको अध्यागमन विभागमाा काजमा रहनेगरी अध्यागमन कार्यालय तातोपानी सिन्धुपाल्चोकमा सरुवा भएको छ । यस्तै अहिले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काजमा रहेका जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाको अध्यागमन कार्यालय त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बरिष्ठ अध्यागमन अधिकृतका रुपमा सरुवा भएको छ ।
गृह मन्त्रालयमा कार्यरत उपसचिव मोहनप्रसाद न्यौपानेको अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोगमा काजमा रहनेगरी अछामको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएको छ ।