उपसचिव छबिलाल सुवेदीको अग्लिदो उचाइ

सरकारले गत २२ भदौंमा निजामती सेवा दिवस मनायो । सो अवसरमा १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनाले निजामती पुरस्कार प्राप्त गरे । झण्डै ८० हजार बढी कर्मचारीको भीडमा पनि सरकारले सर्बाेत्कृष्ट कर्मचारी भेट्न सकेन ।
कुनै समय विवादित पृष्टभूमिका सूर्य गौतमलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिएकै कारण आजसम्म पनि २ लाख राशीको उक्त पुरस्कार विवादमा मात्र परेको छैन् । ५ बर्षदेखि उत्कृष्ट निजामती पुरस्कार वितवरण हुन सकेको छैन् ।

Advertisement 1

यस अघि भगवतीकुमार काफ्ले, सूर्य गौतम, शान्तराज सुवेदी, भाइकाजी तिवारीलगायतले मात्र सर्वोकृष्ट निजामती पुरस्कार थापेका छन् । सरकारले ०७३ सालदेखि यो पुरस्कार वितवरण गर्न छाडेको छ ,कर्मचारी नभेटेकै कारण । निजामती सेवा दिवसको अवसरमा २० कर्मचारीलाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र ६० जना कर्मचारीलाई निजामती पुरस्कार प्रदान गरिएको थियो ।

यो अघिल्लो आर्थिक बर्ष र यस पटकको निजामती पुरस्कार एकै पटक प्रदान गरिएको हो । दिवसको अवसरमा २० कर्मचारीलाई १ लाख राशीको उत्कृष्ट निजामती कर्मचारी पुरस्कार प्रदान गरिएको थियो । यस पटक एक लाख राशिको पुरस्कार थाप्नेमा सर्वोच्च अदालतका सह रजिस्ट्रार विमल पौडेल, राष्ट्रिय योजना आयोगका सहसचिव डा किरण रुपाखेती, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव राजेन्द्रकुमार केसी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतम लगायत छन् ।

Advertisement 2

No description available.

यस्तै महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता हरिशङ्कर ज्ञवाली, महालेखा परीक्षकको कार्यालयका निर्देशक नेत्रप्रसाद पौडेल, कृषि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक सुमना अर्याल वाग्ले, बेनी नगरपालिका म्याग्दीका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र महिला तथा बालबालिका विभागका नायब सुब्बा कमला ढकाल काफ्ले पुरस्कृत भएका छन् ।
सरकारले यस बर्ष १० लाई उत्कृष्ट निजामती र ३० जनालाई निजामती पुरस्कार प्रदान गर्दा सिंहदरबारभित्रै कार्यारत ३२ जना कर्मचारी परेका छन् ।४० वटा पुरस्कारमध्ये ३२ वटा सिंहदरबार र मन्त्रालयमा कार्यरत कर्मचारीहरुको कब्जामा छ । उत्कृष्ट निजामती सेवा पुरस्कार थाप्ने ९ जना सिंहदरबारभित्रैका छन् । एक जना कर्मचारी मात्र मोफसलका परेका छन् ।

Advertisement 3

मोफसलबाट पुरस्कारको पाउने कर्मचारी हुन्, म्याग्दीको बेनी नगरपालिका म्याग्दीका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी। नायब सुब्बाबाट सरकारी जागिरमा प्रवेश गरेका सुबेदी जागिरे जीवनको सिलसिलामा ८ वर्ष गृहमन्त्रालय बिताए । यस्तै शिक्षा कार्यालयमा ३ वर्ष, हुलाकमा २ वर्ष व्यतित गरेका उनले संघीयतापछि बनेका विभिन्न स्थानीय तहमा ६ वर्ष काम गरिसकेका छन्।

प्रकाशित :२०७८ भाद्र २७, आईतवार ०८:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry