हप्तामा दुई दिन बिदा दिने प्रस्ताव


लामो समयदेखि उठान भएको हप्ता दुई दिन बिदा दिने बिषय उपर अध्ययन गर्ने एक कार्यदल गठन भएको छ । संष्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले हप्तामा दुई दिन विदा दिने बिषयको अध्ययन,व्यवहारिक हिसाबले लागू गर्न सकिने वा नसकिने बिषयमा निष्कर्ष निकालेर प्रतिवेदन पेश गर्न एक कार्यदल गठन गरेको छ ।

Advertisement 1

मन्त्रालयले हप्तामा २ दिन बिदा दिनेबारे अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेस गर्ने तयारी गरेको छ ।
सोही तयारी बमोजिम पर्यटन मन्त्रालयले एक कार्यदल गठन गरेको छ । कार्यदलमा मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य सचिव रहेका छन् । जसमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरुलाई समेत सामेल गरेर अध्ययन प्रस्ताव तयार पारिने समितिका एक सदस्यले सुनाए ।

हप्तामा २ दिन बिदा दिनका लागि भएका निर्णय अहिले नै विभिन्न संस्थाहरूमा भइरहेको अभ्यासका बारेमा अध्ययन गरी लागू गर्न सकिने वा नसकिने बारेमा निष्कर्ष सहितको प्रतिवेदन बुझाउनका लागि कार्यदल बनाइएको हो ।

प्रकाशित :२०७७ आश्विन ८, बिहीबार १५:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry