प्रजिअको नक्कली फेसबुक बनाई रकम माग…

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ ।उनको नाम र फोटा प्रयोग गरेर कसैले नक्कली फेसबुक आइडी बनाई धेरैसँग २० देखि ३० हजारको दरले रकम मागी गरिएको भेटिएको छ ।
फेसबुकमा महतोको फोटो प्रोफाइलमा राखिएको थियो। कभरमा जिल्ला प्रशाशन कार्यालय कञ्चनपुरको फोटो थियो।

Advertisement 1

फेक आइडी बनाई अवैध रुपमा रकम माग गर्नेविरुद्ध उनले साइबर ब्यूरोमा उजूरी हाल्ने तयारी गरेका छन् । उनले आफ्नो नामको फेक आइडी देखेपछि त्यो साँचो नभएको भन्दै फेसबुकमै सूचना हाले। महतोले फेसबुकमा लेख्दै भनेका छन्, “यस आइडीलाई ब्लक गर्न हुन, फ्रेन्ड रिक्वेस्ट आएमा नगर्न हुन, अस्वाभाविक व्यवहार देखाएमा भ्रममा नपर्न हुन अनुरोध गर्दछु, यस एकाउन्ट सम्बन्धमा आवश्यक कानूनी कार्वाहीको प्रक्रिया अगाडि बढाएको छु ।”

प्रकाशित :२०७८ असार १२, शनिबार १७:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry