क्रिप्टो कारोबार गर्ने दुई जना राजस्व अनुसन्धान विभागको फन्दामा

राजस्व अनुसन्धान विभागले अभौतिक मुद्रा युएसडिटी क्वाइन (क्रिप्टो करेन्सी) को कारोबार गर्ने दुई जनाविरूद्ध मुद्दा दायर गरेको छ। राजस्व अनुसन्धान विभागले प्रतिवादीहरू शुभम कुमार यादव र रोहन चौधरीविरूद्ध मुद्दा दायर भएको हो। करिब ५ महिनाको सूक्ष्म अनुसन्धानपश्चात् उनीहरूविरूद्ध मुद्दा दर्ता भएको विभागले जनाएको छ।

Advertisement 1

युएसडिटी क्वाइनको कारोबारको अनुसन्धान गरेका राजस्व अनुसन्धान विभागका अनुसन्धन अधिकृत नवराज अधिकारीले अनुसन्धान सकेर आज ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको बताए।उनीहरूलाई विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १७ बमोजिमको सजाय मागदाबी गरी अभियोग दायर गरेको अनुसन्धान अधिकारी एवम् सूचना अधिकारी नवराज अधिकारीले बताए। उनले १४ करोड बिगो मागदाबी गरिएको बताए।

प्रतिवादी शुभम कुमार यादवले बाइनान्स एप र को पिटुपी च्यानलको प्रयोग गरी अभौतिक मुद्राको कारोबार गरेको अनुसन्धानबाट खुलेको छ। साथै, शुभम कुमार यादवले कारोबारको रकम राख्न तथा झिक्ने प्रयोजनका लागि उनकै साथी रोहन चौधरीको खाता प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

Advertisement 2

 

प्रकाशित :२०८० माघ ११, बिहीबार १९:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry