एक सहसचिव र १ उपसचिवमा बढुवा सिफारिस

बढुवा सिफारिस समितिको बैठकले एक कर्मचारीलाई सहसचिवमा र अर्को एक जनालाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । समितिको बिहिबार बसेको बैठकले नेपाल कृषि सेवा भेटनरी समुहका शर्मिला चापागाँईलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
यस्तै नेपाल इञ्जिनियरिङ सेवा सर्भे समुहबाट सुवाष भण्डारी उपसचिव तहमा बढुवाका लागि सिफारिस भएका छन् ।
सचिवालयका अनुसार,शर्मिला चापागाँइ कार्यक्षमताका आधारमा र सुवाष भण्डारीलाई जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको हो ।
Advertisement 1
प्रकाशित :२०७८ भाद्र १८, शुक्रबार ०९:३५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%