कुलमानको ठाउँमा हितेन्द्रदेव शाक्य

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्ने तयारी भएको छ । एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका शाक्यलाई प्राधिकरणमा काज फिर्ता गरिएसंगै उनलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिइने तयारी भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शाक्यलाई नै उक्त जिम्मेवारी दिन चाहेका छन् ।

Advertisement 1

नेपाल विद्युत प्राधिकरणको बोर्ड वैडकमा समेत उनलाई निमित्त दिने वा कामुको जिम्मेवारी दिने भन्नेमा छलफल भएको उर्जामन्त्रालय स्रोतले जानकारी दियो ।

शाक्यलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी नदिएकोमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको वैठकमा समेत असन्तुष्टि जनाएका थिए । उर्जा मन्त्रालयले प्राधिकरणमा रहेका सिनियर उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई यसअघि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । प्राधिकरणमा सवैभन्दा सिनियर रहेका शाक्य करिब ३ वर्ष अघिदेखी काजमा एनइए इन्जिनियरिङको जिम्मेवारीमाभएकाले उनलाई जिम्मेवारी दिन नमिलेको उर्जा मन्त्रालयको दावी थियो । उनलाई आजै जिम्मेवारी दिने तयारी मन्त्रालयको छ ।

Advertisement 2

४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २९ गते नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बाहिरिएपछि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी कोइरालालाई तोकिएको थियो ।

यसअघि कार्यकारी निर्देशकमा पुनः घिसिङ वा विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंहलाई जिम्मेवारी दिने चर्चा थियो । तर, अहिले प्रधानमन्त्री ओली र उर्जामन्त्री वर्षमान पुन दुवैले शाक्यलाई नै उक्त जिम्मेवारी दिन चाहेको चर्चा उर्जामन्त्रालयमा छ ।

Advertisement 3

शाक्यलाई अहिले कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिने र पछि उनैलाई नै कार्यकारी निर्देशक बनाउने सरकारको तयारी छ ।

प्रकाशित :२०७७ कार्तिक २३, आईतवार १४:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry