कर्मचारीमा कोरोना भएपछि कृषि मन्त्रालय र मालपोत कार्यालय बन्द

प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रामनन्दन तिवारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement 1

कृषि मन्त्रालयका अधिकांश कर्मचारीहरू आइतबार आइसोलेसनमा बसेका छन्। पीसीआर परीक्षण गरेपछि आइसोलेसनमा बस्नुपर्ने मापदण्डलाई सचिवले नै नजरअन्दाज गरेपछि मन्त्रालयका अन्य कर्मचारीमा समेत कोभिडको त्रास बढेको छ।

मन्त्रालय कर्मचारीका अनुसार सचिवका दुई जना सवारी चालक कोभिड परीक्षण गरी हाल आइसोलेसनमा रहेका छन्। मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले सचिवालय लगायतका केही कर्मचारीमा कोभिड देखिएपछि सबैको सुरक्षाका लागि मन्त्रालयका भेटघाटका कार्यक्रम केही दिनका लागि बन्द गरिएको बताए।

Advertisement 2

मालपोत कार्यालय पनि आइतबारदेखि बन्द गरिएको छ। मालपोत कार्यालयमा कार्यरत आधा दर्जन कर्मचारीमा संक्रमण देखिएपछि सेवा बन्द गरिएको कार्यालय प्रमुख लोकबहादुर भण्डारीले बताए।

 

प्रकाशित :२०७८ माघ ३, सोमबार १०:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry