त्रिवि प्रगतिशील कर्मचारी सङ्गठनको अध्यक्षमा कार्की

त्रिवि प्रगतिशील कर्मचारी सङ्गठनको छैटौँ राष्ट्रिय सम्मेलनले छत्रबहादुर कार्कीलाई केन्द्रीय समितिको अध्यक्षमा चयन गरेको छ । सोमवार रत्नराज्य क्याम्पसमा सम्पन्न सम्मेलनले ३२ सदस्यीय नयाँ कार्य समिति समेत निर्वाचित गरेको छ ।

Advertisement 1

समितिको वरिष्ठ उपाध्यक्षमा रामजी खड्का, उपाध्यक्षमा गोपाल घिमिरे, सतिष तामाङ, कृष्णप्रसाद आचार्य, केशवप्रसाद पौडेल, शारदा पंगेनी, हरिना कुमारी भट्ट अवस्थी, शारदा कुमारी श्रेष्ठ चयन हुनुभएको छ । यस्तैगरी महासचिवमा सुनीलकुमार खनाल, उपमहासचिवमा लिला राई, सचिवमा शिवप्रसाद पाध्या, विजय शर्मा, अन्नपूर्ण पाण्डे र कोषाध्यक्षमा उमा पाण्डे चयन हुनु भएको छ।

यसैगरी सदस्यहरूमा पदम पुडासैनी, सुदेश्वर यादव, तारादेवी अधिकारी, रत्नबहादुर शाही, ज्ञानेन्द्र थापा, प्रज्ज्वल भण्डारी, हसिना बस्नेत, सुवर्ण आचार्य, शान्ति श्रेष्ठ, लक्ष्मी घिमिरे, मृदु गौतम, सरस्वती गौतम, इन्दु पराजुली, दुर्गा पौडेल, सन्तोषकुमार यादव, पूर्ण श्रेष्ठ र चुन पाण्डे चयन हुनुभएको छ ।

Advertisement 2

त्रिविका आङ्गिक क्याम्पसहरू, केन्द्रीय विभाग, कार्यालयहरू समेतबाट दुई सय सत्तरी बढी प्रतिनिधिहरूको राष्ट्रिय सम्मेलनमा सहभागिता रहेको थियो । सम्मेलनको उद्घाटन सत्र निवर्तमान अध्यक्ष हेमराज न्यौपानेको अध्यक्षतामा एवम् नेकपा एमाले पेसागत महासंघ इन्चार्ज बाबुराम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

 

प्रकाशित :२०७९ असार १५, बुधबार ०७:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम