आजदेखि प्रदेश र स्थानीय तहको खाता बन्द
महालेखा नियन्त्रक कार्यालयले सोमवारदेखि प्रदेश र स्थानीय तहको खाता रोक्का हुने बताएको छ । महालेखाले यही असार ११ गते जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी लिन पाउने छैनन्। प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम भुक्तानी हुने छैन।
Advertisement 1
एकल खाता कोषबाट जारी भएका राजस्वका चेकबाहेक अन्य सबै खालको चेकको भुक्तानी रोकिने भएको हो । दुई साता अघि नै महालेखाले यससम्बन्धमा परिपत्र गरेको थियो । गत असार १० को परिपत्रमा चालू आर्थिक वर्षका सबै भुक्तानी असार २४ गतेभित्र गरिसक्न भनेको थियो ।
महालेखाको उक्त परिपत्र अनुसार आजबाट सबै कोलेनिका र प्रलेनिकाको खाता बन्द हुनेछन् । प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र(, एकल खाता कोष प्रणाली (टिएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) आजदेखि एक साताका लागि बन्द हुनेछन्।