दोलखाका सहायक सिडिओ चढेको जिप दुर्घटना, पाँच घाईते
दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी सहितको टोली सवार जिप दुर्घटना हुँदा चार जना घाईते भएका छन् ।
Advertisement 1
जिरी बजारको अनुगमन गरी फर्कने क्रममा हिजो साँझ बोलेरो जिप दुर्घटनामा परी सहायक प्रमुख जिल्ला अधिकारी दिपक कोइराला, उनकी पत्नी, प्रहरी निरिक्षक दिवस बस्नेत र प्रहरी नायव निरिक्षक सई नारायण ढकाल घाईते भएका हुन् । घाईतेमध्ये प्रहरी निरिक्षक बस्नेत र सई ढकालको टाउको लगायत शरीरका अन्य भागमा चोट लागेपछि थप उपचारका लागि हिजो साँझ काठमाडौंको प्रहरी अस्पतालमा पठाइएको छ ।
दुर्घटनामा परेका सहायक प्रजिअ कोइराला दम्पतीको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । यद्यपी कोइराला दम्पती हिजो साँझ पशुपति चौलागाई स्मृति अस्पताल चरिकोटबाट डिस्चार्ज भएपनि आज थप स्वास्थ्य परिक्षणका लागि काठमाडौं गएका छन् ।
प्रकाशित :२०७८ चैत्र १३, आईतवार १०:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%