हाकिम काठमाण्डौं नछाड्नेः तीन जना कार्यालय सहयोगीको भरमा जलेश्वरको तटबन्ध कार्यालय
जलेश्वरस्थित जनताको तटबन्ध फिल्ड कार्यालय–२ का हाकिम काठमाडौंमै बसेर तलब बुझ्ने गरेको आरोप लागेको छ ।यसरी अधिकांश समय काठमाडौंमै बसेर तलब बुझ्ने त्यहाँको कार्यालयका हाकिम हुन राजेन्द्रप्रसाद देव ।
Advertisement 1
सो कार्यालयमा कार्यालयमा प्रमुख, तीन इञ्जिनीयर, तीन सव इञ्जिनीयर, एक लेखापाल र चार जना कार्यालय सहयोगी गरि १२ जना कर्मचारीको दरबन्दी भए पनि अधिकांश कर्मचारी कार्यालयमा भेटिदैनन् । कार्यालय प्रमुखकै पदचाप पछ्याउँदै सूचना अधिकारी इन्जिनियर सुशील चौधरी प कार्यालयमा झुल्किएका छैनन् । उनी गत असारदेखि नै कार्यालयमा पुगेका छैनन् ।
१२ कर्मचारीको दरबन्दी रहेको सो कार्याल अहिले तीन जना कार्यालय सहयोगीको भरमा सञ्चालन छ । महोत्तरीमा बाढी आएपछि यस कार्यालयमा कार्यरत कर्मचारीको खोजी हुँदा अधिकांश कर्मचारी कार्यालय नै नआउने गरेको भेटिएको हो ।