भदौंमा स्थगित १५० अधिकृतको ३५ दिने सेवाकालीन तालिम २५ पुस र माघ ८ गतेदेखि

यस अघि नै सेवाकालीन तालिमका लागि छनौंट भइसकेका तर स्थगित स्थानीय तहका छैटौं र सातौ तहका अधिकृतहरुलाई दुइ चरणमा बाढेर तालिम दिइने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार गत भदौं ८ मा छनौंट भइस्केका तर प्राविधिक कारणवश सेवाकालीन तालिम लिन नपाएका स्थानीय तहमा कार्यरत छैटौं र सातौं तहमा कार्यरत कर्मचारीहरुलाई दुई चरणमा वाँढेर तालिम दिन लागिएको हो । आगामी पुस २५ गतेबाट र अर्काे समूहका लागि माघ ८ गतेदेखि हुने भएको छ । प्रभावकारी सेवा प्रवाहका लागि कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयमा अनलाइनबाटै हुन लागेको एक दिने अभिमूखिकरण र ३५ दिने सो सेवाकालीन तालिमका लागि स्थानीय तहमा कार्यरत छैटौं र सातौं तहका १५० अधिकृतले तालिम लिनेछन् ।
Notices-20220103112302353
प्रकाशित :२०७८ पुष १९, सोमबार १२:४०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%